७ कार्तिक २०८३, शनिबार

एमाले नेता गुरागाँईमाथि खुकुरी प्रहार, वीपीमा उपचार गराइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, २७ चैत। नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य गोपाल गुरागाँईमाथि छिमेकीले खुकुरी प्रहार गरेका छन्।

धनकुटा नगरपालिका–६ स्थित निवासमा बसिरहेका बेला छिमेकी २३ वर्षीय दिनेश पोखरेलले शनिबार आक्रमण गरेको प्रहरीले जनाएको छ।

गुरागाईंको दायाँ आँखाको माथिल्लो भागमा गहिरो चोट लागेको छ। जिल्ला अस्पताल धनकुटामा सामान्य उपचार गरी उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।

उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ। खुकुरी प्रहार गर्ने पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। उनको हत्या गर्ने योजनासहित प्रहार गरेको प्रहरीलाई पोखरेलले बयान दिएका छन्।