
काठमाडौँ, २५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाई नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन् ।
शुक्रबार दाहाललाई सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले राष्ट्रिय सभाको सदस्य मनोनित गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा चितवनका दाहाललाई राष्ट्रियसभामा मनोनित गरिएको विज्ञप्तिमार्फत जनाएका छन् ।
यसअघि राष्ट्रपतिले मनोनित गरेका रामनारायण बिडारीको समय सकिएपछि रित्त पदमा प्रचण्डका भाई नारायणलाई नियुक्त गरिएको हो ।
सरकारले नेकपा एसका अध्यक्ष माधव नेपालले बहिनी ज्वाई र पम्फा भुसालले बिहीनी ज्वाई राजदूत बनाएको भोलपल्टै प्रचण्डको भाइलाई राष्ट्रिय सभाको सदस्य बनाइएको हो ।















प्रतिक्रिया