
काठमाडौँ, २५ चैत । नेकपा एमालका नेता विष्णु रिमालले सरकारले आफ्नो असक्षमता छोप्न गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै रिमालले अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि लागेको आरोपलाई छोप्न गभर्नर अधिकारीलाई निलम्बन गरेको बताएका छन् ।
रिमालले लेखेका छन्, ‘निरन्तर बिग्री रहेको अर्थतन्त्रलाई ठीक बाटोमा ल्याउन सबैसँग सहयोगको याचना गर्नुपर्ने बेला प्रिय अर्थ मन्त्रीजी, अर्थ ‘कै’ ‘वैधानिक’ सल्लाहकार– गभर्नरलाई निलम्बन गरेर महान काम गर्नुभयो !’
यस्तो छ रिमालको धारणाः
आफ्नो अक्षमता छोप्न
अरूमाथि जाई लाग्नेलाई
हाम्रो तिर भन्थे–
“ढङ्ग मरु–कसो गरूँ?!”
निरन्तर बिग्री रहेको अर्थतन्त्रलाई
ठीक बाटोमा ल्याउन
सबैसंग सहयोगको याचना गर्नुपर्ने बेला
प्रिय अर्थ मन्त्रीजी,
अर्थ’कै ‘बैधानिक’ सल्लाहकार– गवर्नरलाई
निलम्बन गरेर महान काम गर्नुभयो !
क्यावात् !
हिजो अस्ति के कसो
करोड़–सरोड को चर्चा हुनु
आज “अटेर–गवर्नर”लाई
निलम्बन गर्नु
“स्याल कराउनु र
बाख्रा हराउनु” जस्तै हो त ?















प्रतिक्रिया