१२ कार्तिक २०८३, बिहिबार

४ हजार ३४९ नमूना परीक्षणमा १२ जनामा कोरोना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ चैत । नेपालमा पछिल्लो समय कोरोनाभाइरस संक्रमण घट्दै गएको छ ।

यही क्रममा शुक्रबार पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३४९ वटा नमूना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, ८९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६९ मा झरेको छ ।

शुक्रबार २६ हजार ४५ जनाले कोभिड–१९ विरुद्धको खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।