
काठमाडौँ, २५ चैत । चावहिलस्थित पशुपति क्याम्पसमा स्नातक तेस्रो वर्ष अध्ययनरत छात्रा नीला राई मृत भेटिएकी छन् ।
बिहीबार राई गोकर्णेश्वर नगरपालिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृत भेटिएकी हुन् ।
भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया राई कपनको सरस्वतीनगर बस्दै आएकी थिइन् । उनको बायाँ हातको नाडीमा ब्लेडले काटेको डोब देखिएको प्रहरीले जनाएको छ ।
शवको पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको प्रहरीको भनाइ छ ।
घटनास्थलमा ब्लेड र विषको बट्टा भेटिएको छ । रुखहरूमा पनि रगत लतपतिएको छ । घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया