१२ कार्तिक २०८३, बिहिबार

साझा उम्मेदवार छान्न गठबन्धनलाई सकस, ओखलढुंगामा तीन चरणमा पनि भएन सहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ चैत । नेकपा एमालेलाई हराउने चुनावी एजेण्डामा रहेर बनेको पाँच दलीय गठबन्धनलाई निर्वाचनमा साझा उम्मेदवार छान्नै फलामको चिउरा चपाउनु सरह बनेको छ ।

त्यही क्रममा ओखलढुंगामा स्थानीय तह निर्वाचनका लागि साझा उम्मेदवार छान्ने गठबन्धनको तेस्रो प्रयास पनि विफल भएको छ ।

गठबन्धनमध्येका ठूला ३ दलले आफ्नै मात्र भाग खोज्दा साझा उम्मेदवार गर्न सकस परेको हो । यससँगै ओखलढुंगामा चुनावी तालमेल नै अन्योलमा पर्ने अनुमान गर्न थालिएको छ ।

देशभर नै साझा उम्मेदवार तय गर्ने कुरा गठबन्धनको मूल चुनौती हुने स्पष्ट भएको छ । चितवनकै भरतपुर महानगपालिका हेर्दा गत २०७४ को निर्वाचनमा पनि माओवादीबाट जबरजस्ती निर्वाचित भएकी रेणु दाहालले मेयर नछोड्ने अडान रहेको छ भने कांग्रेसले कुनै पनि हालतमा यसपालि भरतपुरको मेयर आफैँले लिनुपर्ने स्पष्ट पारेको छ ।