७ कार्तिक २०८३, शनिबार

शान्ता चौधरी भूमिहीन सुकुम्बासी संगठनको अध्यक्षमा पुनः निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, २५ चैत । नेकपा एमाले सम्वद्ध नेपाल भूमिहीन सुकुम्बासी संगठनको अध्यक्षमा शान्ता चौधरी पुनः निर्वाचित भएकी छन् ।

बिहीबार र शुक्रबार बर्दियाको गुलरियामा सम्पन्न संगठनको अधिवेशनले चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

अध्यक्ष निर्वाचित भएपछि चौधरीले भूमिहीन सुकुम्बासी र गरिब जनताको हक अधिकारका लागि अनब्रत लडी रहने प्रतिबद्धता जनाएकी छन् ।

प्रतिनिधि सभामा नेकपा एमाले संसदीय दलकी सचेतक समेत रहेकी चौधरी सुकुम्बासी पृष्ठभूमिबाट राजनीतिमा आएकी सफल नेतृ हुन् ।

२०६४ सालको संविधान सभाको समयमा प्राकृतिक स्रोत साधन समितिको सभापति रहेकी चौधरीले भूमिहीनका पक्षमा केही नीतिगत निर्णय गराएकी थिइन् ।