
काठमाडौँ, २५ चैत । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षमा एलपी सावाँ लिम्बु सर्वसम्मत चयन भएका छन् ।
काठमाडौँमा भएको महासंघको दोस्रो महाधिवेशनले अध्यक्षमा लिम्बुसहित २२५ जनाको कार्यसमिति चयन गरेको हो ।
महाधिवेशनमा १ हजारभन्दा बढि प्रतिनिधिले लिम्बुको अध्यक्षतामा सर्वसम्मत रुपमा १७ पदाधिकारी सहित २५५ सदस्यीय केन्द्रिय कमिटि चयन गरेको हो । जसमा ६ जना उपाध्यक्षहरु, १ जना महासचिव, २ जना उपमहासचिव, ५ जना सचिव र १ जना कोषाध्यक्ष चयन गरेको हो ।
उपाध्यक्षहरुमा रामबहादुर गुरुङ, डेकनाथ गौतम, डिबी बस्नेत, सिएन पाण्डे, बालकृष्ण शिवाकोटी, सुर्यबहादुर थापा र डा. तिलचन्द्र भट्टराई चयन भएका छन भने महासचिवमा भगिरथ सापकोटा, उपमहासचिवहरुमा सुवर्ण श्रेष्ठ र मिनबहादुर तामाङ तथा सचिवहरुमा रघु पुरी, केदारवहादुर बस्नेत, मोति ज्ञवाली, बलराम भट्टराई र खड्गबहादुर खत्री रहेको छन् ।
यसैगरी कोषाध्यक्षमा मोहन डाँगी निर्वाचित भएका हुन् । यसैगरी उक्त महाधिवेशनले लेखा समिति संयोजकमा डिमप्रकाश पौडेल, निर्वाचन आयोगको संयोजकमा निरज राई र अनुशासन आयोगको संयोजक समेत चयन गरेको छ ।
यसैगरी उक्त महाधिवेशनले १६ बुँदे काठमाडौं घोषणापत्र समेत जारी गरेको छ । विश्व्यापी महामारीका कारण थलिएको अर्थतन्त्रलाई राहत प्रदानगरि उकास्ने काममा सरकारको उदासिनता भएको भन्दै खेद प्रकट गरेको छ ।
साथै महामारीका कारण अति प्रभावित पर्यटन व्यवसाय, निर्माण, यातायात लगायत उद्योग व्यवसाय क्षेत्रका निमित्त प्रवाह गरिएको ऋण पुनःसंरचना गरि ५ वर्षको लागि सहुलियत पुर्नकर्जा प्रदान गर्न समेत माग गरेको छ ।
















प्रतिक्रिया