७ कार्तिक २०८३, शनिबार

अर्थतन्त्र ध्वस्त बनाउने अर्थमन्त्री शर्माको अनुचित रकममा जोडबल, कांग्रेस–माओवादी खटपट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत। मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाउने अर्थमन्त्री जनार्दन शर्माले अमेरिकाबाट अनुचित हिसाबमा आएको रकम निकासका लागि जोडबल गरेको स्वीकार गरेका छन्। त्यस प्रकरणमा उनले अनुसन्धान सकिएका कारणले निर्देशन दिएको कारण देखाएका छन्। तर, उक्त कारण विश्वसनीय नहुनेगरी सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान जारी रहेको दाबी गरेको छ।

अछामको बान्नीगढी जयगढ गाउँपालिका घर भएका पृथ्वीबहादुर शाहका नाममा आएको शाह र उनका परिवारका नाममा अमेरिकाबाट आएको करिब ४० करोड जफत गरी अमेरिका पठाइदिन भन्दै त्यहाँको फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको समाचार सतहमा आएको थियो।

राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू) को सिफारिसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका बेला अर्थमन्त्री शर्माले शाहको रकम फुकुवा गर्न विभाग र राष्ट्र बैंकलाई दबाबपूर्ण पत्र लेखेका थिए।

मुलुकका बैंकमा तरलता अभावसहित अर्थतन्त्र ध्वस्त भएका बेला अर्थमन्त्री शर्माको उक्त कदमको सर्वत्र आलोचना भएको छ।

शर्माका प्रेस संयोजक अजित अधिकारीले एक विज्ञप्ति जारी गरी विभागले खाता फुकुवा गर्ने निर्णय गर्दा पनि रकम फुकुवा नभएको गुनासो आएकाले अर्थमन्त्रीले पत्र पठाएको झूठो दाबी गरेका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक प्रेम भट्टराईले शंकास्पद रकम आएका खाताबारे अहिले पनि अनुसन्धान भइरहेको बताएका छन्। विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको छ।

गठबन्धन सरकार भएका कारण यहि कारणले कांग्रेस र माओवादीबीच खटपट समेत भएको बताइएको छ। विभागको काममा अर्थमन्त्रीको हस्तक्षेप स्वीकार नहुने कांग्रेस नेताहरूले बताएका छन्।