१२ कार्तिक २०८३, बिहिबार

बैंकिङ कसूरमा ७ लाख जरिवाना तोकिएका फरार आरोपित पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २४ चैत । बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका–८ बाँनियाटार बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–३ ठेगाना भएका ३१ वर्षीय राजु भण्डारी र काठमाडौं महानगरपालिका–४ धुम्बाराही बस्ने झापा गौरादह नगरपालिका–५ ठेगाना भएका ५० वर्षीय उपेन्द्र प्रसाद ढुंगाना रहेका छन् ।

उनीहरूमध्ये राजु भण्डारीलाई उच्च अदालत पाटन ललितपुरको २०७८ बैशाख २९ गतेको फैसलाले ७ लाख २ हजार ५ सय रूपैयाँ जरिवाना ठहर भएको तथा उपेन्द्र प्रसाद ढुंगानालाई उच्च अदालत विराटनगर, ईलाम ईजालसबाट बैंकिङ कसूर मुद्दामा २०७८ पुस २२ गते पक्राउ अनुमति जारी भएको थियो ।

राजुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ भने उपेन्द्र प्रसादलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय दमक पठाइएको छ ।