
काठमाडौँ, २४ चैत । नेकपा (एमाले)ले निर्वाचन आयोगको आचारसंहिताका केही बुँदा सच्याउन आयोगलाई आग्रह गरेको छ ।
एमालेले दफा ४ को व्यवस्था राजनीतिक दल, उमेदवार, तिनका प्रतिनिधि र मतदाता समेत सबैलाई लाग हुने भनी गरेको व्यवस्थाको उपदफा (थ) प्रति आपत्ति जनाउँदै सच्याउन आग्रह गरेको हो ।
बिहीबार एमाले महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल आयोग पुगेर ६ बुँदे ज्ञापनपत्र बुझाउँदै आयोगको निर्वाचन आचारसंहिताका कतिपय बुँदाहरु संविधानविपरीत भएको जनाइएको छ । एमालेले त्यसलाई सच्याउन आयोगसँग आग्रह गरेको हो ।
आयोगको उक्त प्रावधानले राजनीतिक दललाई विचार अभिव्यक्ति गर्न, आफनो दलको पक्षमा मत माग्न र उम्मेदवार स्वयंलाई प्रचार गर्न निषेध गरेको एमालेले जनाएको छ ।
निर्वाचन भनेको मत माग्ने मात्र नभई दलहरूले आफ्नो विचारद्वारा जनतालाई प्रशिक्षित गर्ने माध्यम पनि भएकाले संविधानको धारा २६९ को उपधारा (१) ले यसको प्रत्याभूति गरेको एमालेले उल्लेख गरेको छ । जुन प्रावधानलाई पुनर्विचार गर्न एमालेले आयोगलाई आग्रह गरेको छ ।
यस्ता छन् एमालेको ६ बुँदे आग्रहः
















प्रतिक्रिया