
नेपालगन्ज, २४ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुको समृद्धिका लागि नेपाली जनताले एमालेलाई मतदान गर्ने बताएका छन् ।
उनले समृद्ध नेपालका लागि एमालेको विकल्प नरहेको भन्दै जनताले एमालेलाई अत्याधिक बहुमतले विजयी गराउने विश्वास व्यक्त गरेका हुन् ।
बिहीबार बिहान नेपालगन्जमा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
त्यस्तै, अध्यक्ष ओलीले नेकपा ( एकीकृत समाजवादी) का उपसचिव किशोर थापासहित करिब सात सय कार्यकर्तालाई पार्टीमा प्रवेश स्वागत गरेका थिए ।
बाँकेमा एकीकृत समाजवादीको अस्तित्व नै खतरामा परेको छ । सबैले एमाले रोजेसँगै बाँकेमा समाजवादीमा खडेर लागेको हो ।
अब एसका कार्यकर्ता खोजेर पनि पाइँदैनन्,’ अध्यक्ष उनले भने ,‘बाँकेमा मात्रै होइन, एमाले प्रवेशका लागि देशभरि जनलहर चलेको छ ।’
ओलीले गठबन्धन सरकारबाट देशको विकास हुन नसक्ने स्पष्ट पारे ।















प्रतिक्रिया