
-प्रतिक पौडेल
भैरहवा, २२ चैत । १९ जना मुर्तीकार । खोलाको छेउ एउटा वनमा । ठूला ठूला ढुङ्गामा केही खोज्दै छन् । उनीहरुको लगन हेर्दा लाग्छ उनीहरु ढुङ्गामा कुनै बहुमुल्य वस्तु खोज्दै छन् ।
देवदहका चुरे बाट खोजेर ल्याएको ठुला ढुङ्गा । ढुङ्गामा बिहानैदेखि देशको विभिन्न जिल्लादेखि आएका मुर्तिकारहरुको प्रयास हेर्दा लाग्छ ति निर्जिव र कुरुप ढुङ्गाहरुले सुन्दर जीवन पाउँदैछ ।
देवदह नगरपालिका वडा नं ७ स्मृती वनवाटिकाको परिसरमा विगत १५ दिनदेखि चैतको उखरमाउलो गर्मी । त्यसमाथि तातो हावा चल्ने जंगलको ठाउँ । देवदहका पार्कलाई कलाले सजाऔ, ऐतिहासिक देवदहलाई विश्वमा चिनाऔं भन्ने मुल नाराका साथ दोस्रो देवदह राष्ट्रिय मुर्तिकला कार्यशाला २०७८ संचालनमा छ ।
कार्यशालामा कुदिएका मुर्तिहरुमा बुद्धको जीवनसँग जोडिएको छ । मुर्तिकारहरु महामानव गौतमबुद्धको जिवनका कथाहरु सँग जोडेर मुर्तीहरु बनाउँदैछन् ।

ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ याम बहादुर थापाका अनुसार यो कार्यशाला देवदहको वन क्षेत्रलाई पर्यटकिय स्थलको रुपमा रुपान्तरण गर्ने उद्देश्यका साथ गरिएको हो । थापाले यस भन्दा अघि देवदहमै काष्ठकला कार्यशाला गरि पर्यटकिय महत्व हुने गरि काम गरेको स्मरण गरे ।
सामुदायिक वनभित्र छुट्टै विशेषतासहितको आकर्षक पर्यटकीय स्थल बनाउने लक्ष्य अनुसार कार्यशाला आयोजना भएको हो । बुद्धको मावली थलो देवदहमा सञ्चालित मुर्तिकला कार्यशालामा आएका मूर्त्तितकारहरुले निर्जिव र कुरुप ढुङ्गाहरुलाई बुद्ध र जिवनका बिभिन्न पात्रको आकृतिमा बदल्दै छन् ।
बन्दै गरेका मूर्त्तितहरुमा सिद्धार्थ गौतमको जन्मदेखि ज्ञान प्राप्तिसम्मका मुख्य घटनाक्रमको प्रतिरुप झल्काइएको छ । ललितकला प्रज्ञा प्रतिष्ठानका कलाकारहरुको मेहेनतले देवदहको यस वनवाटिकालाई नयाँ पहिचान दिने निश्चित छ ।

कला समिक्षक डा याम प्रसाद शर्माले देवदह महामानव गौतमबुद्धको मावली थलो भएका कारण बुद्धकालिन समयमा बुद्धसँग जोडिएका विभिन्न पात्रहरुको निर्माण हुने बताए । शर्माका अनुसार कार्यशालाले देवदहलाई बिशिष्ठ पहिचान दिने छ ।
ललितकला प्रज्ञा प्रतिष्ठानको प्राविधिक सहयोगमा देवदह नगरपालिका, लुम्बिनी प्रदेश कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, लुम्बिनी बिकास कोष लगायतको आर्थिक सहयोगमा संचालित कार्यशालाले देवदह क्षेत्रको पर्यटकिय विकासमा महत्वपुर्ण भुमिका खल्ने अपेक्षा गरिएको छ ।
















प्रतिक्रिया