१२ कार्तिक २०८३, बिहिबार

कंगोमा विद्रोहीले गरेको आक्रमणमा नेपाली सैनिक घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ चैत । कंगोमा विद्रोहीले गरेको आक्रमणमा नेपाली शान्ति सेनाको टोलीका एक जना सैनिक घाइते भएका छन् ।

अपरेशन ‘बाली’का क्रममा ‘कर्डन एण्ड सर्च’ अभियानमा खटिएको टोलीमाथि विद्रोहीले गोली चलाएका थिए ।

त्यस क्रममा एक जना नेपाली शान्ति सैनिकलाई गोली लागेको नेपाली सेनाले जनाएको छ ।

गोली लागेका सैनिकलाई तत्कालै हेलिकप्टरमार्फत उद्धार गरेर बुनियाँस्थिति राष्ट्रसंघको अस्पतालमा लगिएको सैनिक जनसम्पर्क निर्देशनालयले छ ।

उनको उपचार भइरहेको सेनाले जनाएको छ । बाँकी सैनिक सबै सकुशल रहेका सेनाले जनाएको छ ।