– सुशिल नेपाल
पाल्पा । यहि १८ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र धुनको रिलिज डेट नजिकिँदै गर्दा चलचित्र युनिट तिव्र प्रचारप्रसारमा लागेको छ ।
जिवन लुइँटेल, निता ढुंगाना, मुकेश ढकाल, उमा बेबी, श्रेया दुलाल, सुरबिर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र रिलिज डेट नजिकिँदै प्रचारप्रसार तिब्र पारिएको निर्माण युनिटले जनाएको छ ।
देशभर ५५ बढी हलमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र सुशिल शाह, श्रेया दुलाल, बिनोद भट्ट र मधुसुधन ढकालको संयुक्त लगानीमा निर्माण भएको होे । कृष्ण पौडेलको डेव्यु निर्देशन रहेको चलचित्र पुर्ण सांगीतिक प्रेमकथामा आधारित रहेको जनाइएको छ ।
उनको डेव्यु निर्देशन भएपनि चलचित्र निकै राम्रो बनेको र चलचित्रलाई दर्शकले माया गरिदिनेमा आफु ढुक्क रहेको निर्देशकले बताए । यसैबिच चलचित्रको रिलिज डेट नजिकिँदै गर्दा चलचित्रकी नायिका निता ढु्रंगानाले चलचित्रलाई माया गरिदिन आग्रह गरेकी छिन् ।
उनले सामाजिक सञ्जाल फेसबुक वालमा लेखेकी छिन् :
यो धून कृष्ण बन्सी को । । । ।
यो धून सत्यम सिबम सुन्दरम । । । ।
बैशाख १८ मा धून फिल्म देश भर प्रदर्शन हुँदै छ । । । ।
फेरि तपाईहरको माया पौने आंशा राखेको छु । । । ।
यो चलचित्रमार्फत नायक मुकेश ढकाल पनि ५ बर्षपछि चलचित्र क्षेत्रमा कमब्याक गर्दैछन । आफनो मान्छे आफनै हुन्छ, दुलही, मनमनै मन पराए जस्ता चर्चित चलचित्रमा अभिनय गरेका उनी ५ बर्ष चलचित्र क्षेत्रबाट टाढिएका थिए । यस चलचित्रका गीतहरु पनि अहिले चर्चामा रहेका छन् ।

















प्रतिक्रिया