१२ कार्तिक २०८३, बिहिबार

स्थानीय तह निर्वाचनपछि राम्रा दिन शुरु हुन्छन्ः अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ चैत । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनपछि मुलुकमा राम्रा दिन आउने बताएका छन् ।

सोमबार काठमाडौँमा निर्यात उद्योग व्यवसायी महासंघ नेपालले गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘अहिले त हामी चुनावतिर छौं । हाम्रा राम्रा दिनहरू अब आउन शुरु हुन्छ । स्थानीय तह निर्वाचनपछि राम्रा दिन शुरु हुन्छन् । पछिको निर्वाचनबाट झ्याप्पै राम्रा दिन आउँछन् ।’ संघीय संसदको निर्वाचनपछि आफ्नो पार्टी सरकारमा आउने भएकाले पूरै राम्रो दिन आउने उनको भनाइ थियो ।

उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले जित्ने र त्यसपछि मुलुकका लागि राम्रो दिनको शुरुवात हुने बताए ।

उनले एमाले निकट व्यवासायीहरुलाई चुनाव प्रचारका लागि पनि समय निकाल्न अनुरोध गरे ।

उनले व्यवसायीहरुलाई अनावश्यक क्षेत्रमा लगानी नगर्न तथा रेमिट्यान्सबाट देश धान्ने अवस्थालाई न्युनिकरणका लागि भूमिका खेल्न आग्रह गरे ।