७ कार्तिक २०८३, शनिबार

गठबन्धन अदालतले जोडिदिएको टालाटुली बाटुली कति राम्रा पुतली भनेजस्तै हो : ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दुई दिनको खेल रहेको बताएका छन् । सोमबार प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसनको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

उनले भने, ‘पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि, यो दुई दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो । टालाटुली बाटुली कति राम्रा पुतली भनेजस्तै हो । यी टालाटुली बटुलेका पुतलीहरू राम्रो पनि छैनन् । टाला पनि मिलाएर बनाउन जानेका छैनन् ।’

पाँच दलीय गठबन्धन भ्रमको खेती भएको उनको आरोप छ ।