१४ कार्तिक २०८३, शनिबार

संविधानसभा बैठकमा सभाषद्को जिम्मेवारी तोकियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Subash-Nemwangकाठमाडौँ, १० वैशाख । संविधानका अन्तर्वस्तुमा दलहरुबीच सहमति कायम हुन नसकेपछि संविधानसभाको आजको बैठक समितिमा रहने सदस्यको नामावली हेरफेर र थपघटमै सीमित रहन पुग्यो ।

संविधानसभाको बैठकमा छलफलका लागि तय गरिने कार्यसूचीमा संविधान लेखनको विषयले प्रवेश नपाएको झन्डै साढे दुई महिना बितिसकेको छ । दलहरुबीचको अविश्वास र दम्भका कारण पछिल्लो समय संविधानसभा कामविहीन बनिरहेको छ ।

संविधान लेखनका लागि महत्वपूर्ण चरणमा प्रवेश गर्ने भनिएको आजको बैठकका लागि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभाअन्तर्गतका विभिन्न समितिमा रहनुहुने सदस्यको नामावली हेरफेर वा थपघट गर्नुहुने कार्यसूची तय गर्नुभएको थियो । संविधानसभाका अघिल्ला तीनवटा बैठक शोकप्रस्ताव पारित गरेर सकिएका थिए ।

राज्यपुनःसंरचनाको विषयमा नेपाली काँग्रेस र नेकपा एमालेसहितका राजनीतिक दलको नौबँुदे प्रस्तावले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा प्रवेश पाएसँगै दलहरुबीच तीव्र धु्रवीकरण उत्पन्न भएको थियो । परिणामतः एक थरी राजनीतिक दल सहमति हुन नसकेका विषयलाई प्रक्रियामा लगेर टुङ्ग्याउनुपर्छ भन्ने पक्षमा द¥होसँग उभिए भने अर्का थरी राजनीतिक दल बहुमतको दम्भ देखाए आन्दोलनको बलमा सहमतिमा ल्याउने उद्घोषसहित आन्दोलनका लागि मोर्चा नै खडा गरे ।

हाल यी दुवै प्रक्रिया केही दिनयतादेखि स्थगनमा रहेका छन् । यसैबीच, संविधानसभाको आजको बैठकले क्षमता अभिवृद्धि र नागरिक सम्बन्ध समितिमा रहने सदस्यको नाममा सहमति जनाएको छ । सहमतिअनुसार चन्दादेवी खड्का र लालबाबु यादव क्षमता अभिवृद्धि समितिमा रहनु हुनेछ । नागेन्द्र कुमाललाई नागरिक सम्बन्ध समिति प्रस्ताव गरिएको थियो । तीस दलीय मोर्चाका कोही पनि सभासद् आजको बैठकमा देखिएनन् ।

संविधानसभाको अर्को बैठक यही वैशाख १७ गते बिहीबार दिनको ३ बजे बस्नेछ । रासस