
काठमाडौँ, २१ चैत । स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठजना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर छ ।
चापाकोट नगरपालिका–८ प्याक्लुङमा निर्माणाधीन पुलमा बीम हाल्ने क्रममा क्रेनबाट सामान झरेको र उक्त सामानसहित पुलको केही भाग झरेर कामदारलाई लागेको हो ।
स्याङ्जा प्रहरी परिसरका अनुसार घाइतेहरुको पाल्पामा उपचार भइरहेको छ ।














प्रतिक्रिया