१२ कार्तिक २०८३, बिहिबार

बजारको मुख्य सडक अवरोध गरि आमसभा – राप्रपाको नागरिक प्रति कुनै दायित्व छैन र ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, २१ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले सडक अवरोध गरेर आमसभा गर्ने भएको छ । पार्टीले रुपन्देहीको भैरहवामा सोमवार गर्ने आमसभाका कारण सिद्धार्थनगर नगरपालिकाको मुल सडक अवरोध हुने छ ।

सिद्धार्थनगर नगरपालिका वडा नं ३ खजहना चोकमा बिहान ११ बजे हुने आमसभाका कारण भैरहवा मेडिकल कलेज जाने बाटो अवरोध हुने देखिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमितिले आफुहरुको मनसाय सडक अवरोध गर्ने नभए पनि भैरहवामा खुला मैदानको अभाव भएका कारण बध्यतावस आमसभा सडकमा गर्नेपरेको बताएको छ ।

राप्रपाका जिल्ला अध्यक्ष सागर प्रताप राणाले सिद्धार्थनगर नगरपालिकामा खुला मैदानको आवश्यकता रहेको बताए । राणाले आफुहरुको कार्यक्रम मैदान अभावकै कारण सडकमा गर्नुपरेको हो ।

राप्रपा जिल्ला कमिटी उपाध्यक्ष अजय कुमार गुप्ताले सिनपा ३ खजहना चोकको सडक रोज्नुको कारण यहाँ कार्यक्रम आयोजना गरेपनि आवतजावत अवरोध नहुने तर्क गरे । गुप्ताका अनुसार आवतजावत गर्न खजहना चोकको बिकल्पमा अन्य सडकहरु रहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सडकको बिकल्पमा अन्य सडकहरु भएको तर्क गरेपनि सडक अवरोध गरि कार्यक्रम गर्नु उचित नभएको देखिन्छ । सिद्धार्थनगर नगरपालिकाले सिद्धार्थनगर नगरपालिका वडा नं ३ डण्डापारी ढोलपुरमा करिव ३ बिगाहा भन्दा बढि क्षेत्रफलमा खुला मैदान निर्माण गरेको छ ।

खेलकुद गतिविधी र बिभिन्न आमसभा आयोजना गर्न अभाव भएको देखेर सिद्धार्थनगर नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गरि खुला मैदान बनाएको हो । उक्त मैदना अहिले आयोजना गर्न लागिएको स्थान भन्दा धेरैनै उपयुक्त छ ।

भैरहवामा प्रधानमन्त्री तथा नेपाली काँग्रेश सभापती शेरबहादुर देउवा तथा लोसपा अध्यक्ष महन्थ ठाकुर आउदा नेपाली कांग्रेश र जसपाको आमसभा आयोजना भएको सिनपा ६ हनुमान मन्दिर परिसरमा समेत खुला मैदान छ । तर राप्रपा रुपन्देही खुला मैदान अभाव देखाउदै आम सर्वसाधारलाई समस्या सिर्जना गरि पुरानै ढर्रामा सडक अवरोध गरेर कार्यक्रम आयोजना गर्दै छ ।

सोमवार बिहानै भैरहवा क्षेत्रका पत्रकार राधेश्याम बिश्वकर्माको एउटा फेसबुक स्टाटसले पनि देखाउछ राप्रपाको आयोजनामा हुने आमसभाका कारण जनता कसरी प्रभावित हुनेछन् ।

बिश्चकर्मा फेसबुकमा लेख्छन्,  भैरहवामा प्रशासन छ कि छैन रु मेडिकल जाने मुल बाटो मै अवरोध गरि राजनैतिक कार्यक्रम आयोजना गर्नु कतिको जायज हो रु राप्रपाको नागरिक प्रती कुनै दायित्व छैन र ?