३० आश्विन २०८३, शुक्रबार

एसिड पीडित सीमाको प्रधानमन्त्री बन्ने चाहना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

Sima-Basnet_650_1

काठमाडौं, १० वैशाख । एसिड आक्रमणमा परेर घाइते भएकी किशोरी सीमा बस्नेत अब राजनीतिक यात्रामा होमिने भएकी छिन् । राजनीतिक नेतृत्वले नै समाजका विकृति हटाउने कुरा बुझेकी सीमा नवौं लोकतन्त्र दिवसमा राजनीतिक जीवनको यात्रा सुरु गर्ने तयारीमा छिन् ।

काठमाडौंको वसन्तपुरमा ट्युसन पढ्न गएका बेला एसिड आक्रमणमा परेकी सीमाले आफ्नो गायिका बन्ने सपनालाई सपनामै राख्ने निर्णय पनि गरेकी छिन् ।

एसिडको घाउ अझै निको नभइसकेको अवस्थामा सीमाको अनुहारमा एसिडको राताम्य दाग पनि उस्तै छ । उनका दोषी जीवन विक सर्वस्व कैदसहित जेल चलान भइसकेका छन् । तर, मनको घाउ भने सेलाएको छैन् ।

त्यस्तो बेला दैनिक नेपालसँग कुराकानी गर्दै सीमाले समाजमा परिवर्तन ल्याउन र महिला बालबालिकाको अधिकारका लागि लड्न राजनीति सशक्त माध्यम भएकाले आफू अधिकारका लागि राजनीतिमा लागेको बताईन् ।

Sima-basnetसीमा आफ्नो राजनीति जीवनको यात्रा नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको साधारण सदस्यबाट प्रारम्भ गर्दैछिन् । रौतहट जिल्लाकी सीमा एमालेका नेता माधवकुमार नेपाल र वामदेव गौतमबाट पनि प्रभावित भएर राजनीतिमा लागेकी हुन् ।

उनले भनिन्–‘मेरा घरपरिवारमा सबैले एमालेमा भोट हाल्छन्, एसिड आक्रमणमा घाइते भएकी बेला मेरै गाउँका चिनेका नेता माधवकुमार नेपाल र वामदेब गौतम अस्पतालमा भेट्न पनि आउनुभयो, उहाँहरुको राजनीतिक विकासबाट प्रभावित भएर नै म एमालेबाट राजनीतिको सुरुवात गर्दैछु ।’

सीमाको राजनीतिक यात्राको सुरुवातमा अनेरास्ववियुले उनलाई विद्यार्थी राजनीतिबारे प्रशिक्षण समेत दिएको छ । राजनीतिक यात्रा किन भन्ने प्रश्नमा सीमाले आफ्नो योजना सुनाईन्–‘पहिलो कुरा मेरी साथी संगीताको अधिकारका लागि लड्नु हो, दास्रो कुरा सबै बालबालिका, महिलाको अधिकार सुनिश्चित गर्नु नै मेरो उद्देश्य हो ।’

राजनीतिक यात्रामा सीमाले आफ्नो प्रधानमन्त्री बन्ने लक्ष्य रहेको सुनाईन् । ‘राजनीतिको प्रारम्भिक चरणमा अहिले क ख सिक्दै छु । मलाई लाग्छ भविष्यमा म वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्म बन्छु ।’

राजनीतिमा संघर्ष गर्दै जाँदा आफ्नो लक्ष्यमा सफलता प्राप्त गरेरै छाड्ने सीमाको दृढता छ । शुक्रबार लोकतन्त्र दिवसमा सीमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिक जीवनको सुरुवात गर्दैछिन् । उनलाई सफलताको शुभकामना