१४ कार्तिक २०८३, शनिबार

संविधानसभा नछोड्न एमाओवादीलाई योगेश भट्टराईको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yogesh_Bhattaraiपाँचथर, १० वैशाख । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एकीकृत नेकपा (माओवादी)लाई संविधानसभा छोडेर नजान आग्रह गर्नुभएको छ ।

पाँचथरको फिदिममा आज बिहान सञ्चारकर्मीसँग बोल्दै उहाँले पार्टीका मुद्दा तथा प्राथमिकतालाई संविधानसभामै राख्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अब सडक आन्दोलन गर्दैमा संविधान बन्ने स्थिति छैन, बरु माओवादीका आफ्ना एजेन्डा र मुद्दा संविधानसभामै राखेर सहमति खोज्नुको विकल्प छैन ।”

दलहरुबीचमा राज्य पुनःसंरचनाबारे सीमाङ्कनमा मात्रै विवाद रहेको बताउँदै सचिव भट्टराईले सीमाङ्कनको विषयमा मधेस र पहाड अर्थात् भौगोलिकतालाई मिलाएर जानुपर्ने विषयमा एमालेको अडान स्पष्ट रहेको उल्लेख गर्नुभयो ।

शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायतका विषयमा दलहरुबीच लगभग सहमति भइसकेकाले अब सीमाङ्कनको विषयलाई पनि चाँडै टुङ्ग्याइने उहाँको भनाइ थियो । पूर्वका झापा, मोरङ र सुनसरी जिल्लाको विषयमा दलहरुबीच विवाद देखिएको र यी जिल्लालाई कुनै न कुनै हिसाबले पहाडसँग मिलाएरमात्रै सङ्घीयता निर्माण गरिनुपर्ने उहाँले बताउनुभयो । रासस