७ कार्तिक २०८३, शनिबार

व्यवसायीले आन्दोलन फिर्ता लिएसँगै पेट्रोलियम पदार्थ आपूर्ति सहज हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ चैत । पेट्रोलियम पदार्थ व्यवसायीहरुको आन्दोलका कारण शनिबार पेट्रोल पम्पमा निकै लामो लाइन देखा परेको थियो । तर पेट्रोलियम व्यवसायीहरुको नेपाल आयल निगमसँगको वार्तापछि आन्दोलन फिर्ता लिएसँगै चैत २० गते आइतबारदेखि आपूर्ति सहज हुने भएको छ ।

त्यस्तै, व्यवसायीहरुले भोलिदेखि गर्ने भनेको चरणवद्ध आन्दोलन पनि आजैदेखि फिर्ता भएको बताएका छन् ।

निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीहरूबीचको वार्तामा कमिशन लगायत विषयमा ७ दिनभित्र उचित समाधान निकाल्ने सहमति भएको हो ।