१४ कार्तिक २०८३, शनिबार

संविधानसभाको बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan-sabha-vwan

काठमाडौं, १० वैशाख । लामो समयदेखि अवरुद्ध हुँदै आएको संविधानसभाको बैठक आज बस्दैछ । यसअघि पूर्वप्रधानमन्त्री सूर्य बहादुर थापाको शोक प्रस्ताव पारित गर्दै स्थगित भएको बैठक आज दिउँसो ३ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणको प्रक्रियाका बारेमा दलहरुको ध्यानाकषर्णसहित जानकारी गराउने कार्यक्रम छ ।यसअघि बोलाइएका तीनवटा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित हुँदै आएका थिए ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादी पनि सहभागि हुने बताइएको छ । पछिल्लो समयमा दलहरुबीच वार्ता र सहमतिको प्रयास सकारात्मक भएकाले संविधानको मस्यौदा अघि बढ्ने विश्वास गरिएको छ ।