काठमाडौं । नेपाली चलचित्र बजार कलिउडमा नाम र दाम दुबै कमाएकी नम्बर वान नायिका रेखा थापा नयाँ पेसामा लागेकी छिन् । चलचित्रमा आफ्नो कला प्रस्तुत गर्दै आएकी चर्चित नायिका रेखा पश्चिम नेपालको दाङ पुगेर रिक्सा चालक बनेकी छिन् ।
मंगलबार रेखा रिक्सा चलाइरहेको अवस्थामा भेटिईन् । सधैजसो चलचित्र शुटिङ तथा स्टेज कार्यक्रममा व्यस्त रहने थापा मंगलबार एक्कसी रिक्सा चढेर चलाउँदै गरेको अवस्थामा देखिएकी हुन् ।
दाङमा भित्र्याइएको वातावरणमैत्री रिक्सा चलाउँदै गर्दा नायिका थापा एउटा कुशल ‘ड्राइभर’ जस्तै देखिएकी छिन् ।
शारिरीक रुपमा वल बढी पर्ने रिक्साको विकल्पमा हालै नेपालमा पनि प्रवेश गराइएको इलेक्ट्रिकल रिक्सा उद्घाटनका क्रममा रिक्सा चलाएर नायिका थापा रिक्सा चालक बनेकी हुन् ।
उनले रिक्सा चलाउँदा छुट्टै आनन्द आएको प्रतिक्रिया दिएकी छिन् । उनी अहिले नयाँ चलचित्र निर्माणको तयारी लागेकी छिन् । भर्खरै मात्र चेपाङ बालबालिकालाई सहयोग गर्न कतारका व्यापारीसँग चितवन गएकी रेखा सामाजिक कार्यमा पनि आग्रसर छिन् ।















प्रतिक्रिया