
काठमाडौँ, १७ चैत । तीन जना डीआइएजीहरुको एआईजीमा बढुवा गरिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।
बढुवाविरुद्ध डीआईजीहरू घनश्याम अर्याल र प्रकाशजंग कार्की रिट निवेदन लिएर बिहीबार सर्वोच्च अदालत पुगेका छन् ।
यद्यपि सर्वोच्च प्रशासनले रिट दर्ताको प्रक्रियामा रहेको जनाएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले धीरजप्रताप सिंह, वसन्त पन्त र रबिन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
यसअघि बढुवा सिफारिस विरुद्ध ३ जना डीआईजीहरूले उजुरी गरेका थिए ।















प्रतिक्रिया