८ कार्तिक २०८३, आइतबार

जसपा वागमती प्रदेश कमिटी सदस्य अधिकारी पार्टी परित्याग गर्दै एमाले प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १६ चैत । जनता समाजवाटी पार्टी (जसपा) बागमती प्रदेश कमिटी सदस्य मध्यपुर थिमि नगरपालिकाका लोकप्रिय युवा नेता जयकृष्ण अधिकारीले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा(एमाले) का केन्द्रीय सदस्य निर्मल भट्टराई, जिल्ला अध्यक्ष बचन देउजा र जिल्ला सदस्य तथा मध्यपुर नगर सहइन्चार्ज राष्ट्रशमशेर थापा, नेकपा(एमाले)मध्यपुर थिमिका अध्यक्ष सुर्यलाल श्रेष्ठको परामर्शमा अधिकारीले एमाले राेजेका मध्यपुर थिमिका उप–सचिव एवं प्रचार विभाग प्रमुख पुष्कर केसीले जानकारी दिएका छन् ।

अधिकारीले विज्ञप्ति जारी गर्दै जसपाभित्र देश र जनताको हित एवम् समृद्धिभन्दा आपसी खिचातानी, जातीय, क्षेत्रीय चिन्तनले प्रश्रय पाएको मात्र नभइ देशको सार्वभौमिकता र अखण्डताप्रति समेत प्रष्ट अडान राख्न नसकेकोले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

त्यस्तै, आजकै मितिबाट देशको आर्थिक समृद्धिका लागि प्रतिवद्ध, नेपाली समाजको आमूल रुपान्तरणको संवाहक र देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका परहेदारको रुपमा रहेको देशको एक मात्र पार्टी एमालेमा निःशर्त प्रवेश गरि सक्रिय रहने अधिकारीले उल्लेख गरेका छन् ।

यस्तो छ विज्ञप्तिः