
काठमाडौं, १६ चैत । नेपाल पूर्व सशस्त्र प्रहरी संघकोे तेह्रौ र चौधौँ बार्षिकोत्सव तथा केन्द्रीय परिषद् सभा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोकमा हिजो मंगलबार सम्पन्न भएको छ ।
सभाले अवकास प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापालाई आपसी छलफल तथा सहमतिबाट संघको अध्यक्षमा चुन्नुको साथै विभिन्न पदाधिकारीहरु समेत चुनेको छ ।
त्यअवसरमा संघका पदाधिकारीहरु तथा सदस्यहरुबीच संघको बार्षिक आयव्यय विवरण तथा संघका कामकारवाहीका साथै भावी योजना तथा रणनितीबारे छलफल भएको थियो ।















प्रतिक्रिया