
काठमाडौं, १६ चैत । नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन प्रस्तावित भएका छन् ।
राष्ट्रपति बाइडेनले गरेको प्रस्ताव संसदीय सुनुवाइबाट अनुमोदन भएपछि थम्पसन नयाँ राजदूतका रूपमा नेपाल आउन लागेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले थम्पसनलाई नेपालका लागि राजदूत प्रस्ताव गरेको ह्वाइट हाउसले जनाएको छ । उनको नियुक्तिसँगै हालका अमेरिकी राजदूत र्याण्डी बेरी स्वदेश फर्किने छन् ।
प्रस्तावित राजदूत थम्पसन अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिव हुन् । अमेरिकी नीति र सो क्षेत्रका देशहरुसँगको सम्बन्धबारे हेर्ने जिम्मा उनलाई छ ।















प्रतिक्रिया