७ कार्तिक २०८३, शनिबार

बिमस्टेक शिखर सम्मेलनलाई आज प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौ शिखर सम्मेलनलाई बुधबार सम्बोधन गर्दै छन् ।

उनले सम्मेलनलाई काठमाडौंबाट भर्चुअल सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । शिखर सम्मेलन आज बुधबार श्रीलंकाको राजधानी कोलम्बोमा हुँदैछ ।

शिखर सम्मेलनअघि मंगलबार कोलम्बोमा बिमस्टेक विदेशमन्त्री स्तरीय बैठक बसेको थियो । बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्का सहभागी भएका थिए ।