२९ आश्विन २०८३, बिहिबार

काठमाडौं महानगरमा को बन्ला नयाँ मेयर ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । काठमाडौं महानगरमा यसअघिको निर्वाचनमा सानदार विजयी हासिल गरेको एमालेलाई यसपटक विरासत जोगाउन हम्मे हम्मे पर्ने भएको छ ।

निर्वाचनमा कांग्रेसले गठबन्धन गर्ने निर्णय गरेसँगै एमालेले कांग्रेसकै उम्मेदवारसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउने देखिएको छ । प्रमुख प्रतिपक्षी एमालेले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको आन्तरिक गृहकार्य जारी राखेसँगै संघीय राजधानी रहेको मुलुकको सबैभन्दा ठूलो काठमाडौं महानगरमा चुनावी सरगर्मी बढ्न थालेको छ ।

काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा एमालेभित्र गम्भीर छलफल जारी छ । यस्तै, ललितपुर महानगरपालिकामा समेत मेयरको टिकट पाउन आकांक्षीहरू शीर्ष नेताको घरदैलोमा पुग्न थालेका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्रमा उम्मेदवार सिफारिस गरिसक्न एमालेले स्थानीय कमिटीलाई निर्देशन दिइसकेको छ, आजको राजधानी दैनिकमा सुभाष साहले समाचार लेखेका छन् ।

समाचारमा काठमाडौंमा शाक्य, स्थापित र मानन्धरको दौडधुप र ललितपुर महानगरमा शाक्य, व्यञ्जनकार र महर्जनको चर्चालगायत विषयलाई समावेश गरिएको छ ।