
दोलखा, १५ चैत । दोलखाको उत्तरी क्षेत्रमा नेकपा माओवादी केन्द्र रित्तिने अवस्थामा पुगेको छ ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेशको लहर चलेको छ ।
अन्य पार्टीबाट धमाधम नेता कार्यकर्ताहरुको प्रवेश गरिरहेका छन् ।
मंगलबार एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङको गृहनगर गौरीशंकरमा माओवादीका सबै नेताहरु एमाले प्रवेश गरेका हुन् ।
माओवादीका निर्वाचन क्षेत्रीय संयोजक रहेका जिल्लाकै प्रभावशाली नेता निमा लामा आफ्नो वडाको सिंगो टीम विलय गराउँदै निर्वाचन क्षेत्रका अन्य प्रभावशाली नेता–कार्यकर्तासहित एमालेमा प्रवेश गरेका छन् ।

लामा २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनको तर्फबाट गौरीशंकर गाउँपालिका अध्यक्षका उम्मेदवार थिए ।
लामालाई उनकै वडा झ्याँकूमा पुगेर पूर्वमन्त्री एवं एमाले नेता गुरुङ, एमाले दोलखा इञ्चार्ज सरस्वती बस्नेतसहितका नेताहरुले पार्टीमा स्वगत गरको छन् ।
लामासँगै माओवादी दोलखाका सचिवालय सदस्य शंखङिमा शेर्पा, मिङगुर शेर्पा, अशोक तामाङ, छिरिङ डोमा शेर्पा, नुर्वु शेर्पा, नाम्गेल शेर्पालगायतका नेताहरु एमाले प्रवेश गरेका छन् ।
आयोजित कार्यक्रममा नेता लामाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भिजन र दोलखामा पार्वत गुरुङ जस्ता बिकाशवादी र सवैलाई समान ब्यवहार गर्ने कामबाट आफू एमालेमा आएको बताए ।
एमाले प्रवेश गर्दै उनले माओवादीले मुलुकको समृद्धि रोक्न कांग्रेसको पुच्छर बनेर कम्युनिष्ट आन्दोलनलाई नै घात गरेको कारण अव सो पार्टीमा कोही पनि बस्न नसक्ने बताए ।
















प्रतिक्रिया