
कपिलवस्तु, १४ चैत । नेकपा एमालेको क्रेज देशभर झनै बढेको छ ।
विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको लहर नै चलेको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा अन्य पार्टीबाट आएकालाई पार्टीमा स्वागत गर्न पार्टीका शीर्ष नेताहरुलाई भ्याइनभ्याइ रहेको छ ।
यसै क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली एवम् महासचिव शंकर पोखरेलसहितका नेताहरु सोमबार कपिलवस्तुमा आयोजित वृहत पार्टी प्रवेश समारोहमा सम्बोधन गर्न पुगेका छन् ।
जब त्यहाँ ओलीको उपस्थिति भयो, हजारौँको संख्यामा उपस्थित जनलहरले एमालेको छवि चुलिँदै गएको आभास हुन्छ । कार्यक्रममा संघीय सांसद वृजेश कुमार गुप्तासहित १० हजार बढीको संख्यामा एमालेमा प्रवेश गरेका छन् ।
हेर्नुस् तस्वीरः
















प्रतिक्रिया