
काठमाडौं, १४ चैत। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्ड केन्द्रीय कमिटीको बैठकमा अल्पमतमा परेका छन्।
कपिलबस्तुमा भएको बैठकमा स्थानीय चुनावलाई उपयोग गर्ने विप्लवको प्रस्तावमा प्रकाण्डको सहयोग भए पनि धर्मेन्द्र बाँस्तोललगायतका बहुमत केन्द्रीय सदस्यले बिमति राख्दा उनीहरू अल्पमतमा परेका हुन्।
६८ सदस्यीय केन्द्रीय कमिटीका ४३ जनाले चुनावमा जान नहुने बरु जनमत संग्रहका लागि दबाब दिनुपर्ने धारणा राखेका थिए। तर विप्लवले राखेको प्रस्ताव परिमार्जन गरी पारित गरिएको छ।
नेकपाका चुनाव लड्न चहाने सदस्यलाई स्वतन्त्र उम्मेदवारका रुपमा जान दिइने बताइएको छ। यस्तै बैठकले अहिले पार्टी दर्ता नगर्ने निर्णय पनि लिएको छ।















प्रतिक्रिया