
उदयपुर, १४ चैत । उदयपुरको उदयपुरगढी गाउँपालिका–१ शिखरपुरमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने सात वटा घर जलेर नष्ट भएका छन् ।
हिजो आइतबार दिउँसो लागेको आगोका कारण ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै मृत्यु भएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।
आगलागीमा भैरव बहादुर ग्राङ्जामगर, पदमबहादुर ग्राङ्जामगर, यम्बरबहादुर ग्राङ्जामगर, दिपबहादुर ग्राङ्जामगर, धनमाया ग्राङ्जामगर, शेरबहादुर ग्राङ्जामगर र ओमबहादुर ग्राङ्जामगरको घर गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ ।















प्रतिक्रिया