
काठमाडौं, १४ चैत । बाथरोग, मधुमेह, थाइरोइड तथा हर्मोन रोगको सघन उपचारका लागि स्थापित सिटी स्पेसियालिटी हेल्थ क्लिनिकले स्यस्य समाज यलका ११० जना सदस्यहरूको निःशुल्क मधुमेह परीक्षण गरेको छ ।
क्लिनिकले शनिबार ललितपुरस्थित अशोक पार्टी प्यालेसमा स्यस्य समाज यलको आठौं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै सो निःशुल्क परीक्षण सेवा उपलब्ध गराएको हो ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सेवा उपलब्ध गराएको र त्यसबाट ११० जना प्रत्यक्ष लाभान्वित भएको क्लिनिक सञ्चालक एवम् मधुमेह तथा थाइरोइड रोग विशेषज्ञ डा. सुमन सिम्खडाले जानकारी दिए ।
पछिल्ला वर्षहरूमा बाथ, सुगर तथा थाइरोइडको रोगीहरू बढीरहेको तर गुणस्तरीय उपचार अभाव रहेको अवस्थामा आफूहरूले बाथ, मधुमेह तथा थाइरोइड रोगसम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रवाह गर्दै आएको सञ्चालक सिम्खडाको भनाइ छ ।















प्रतिक्रिया