
काठमाडौं, १४ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सोमबार कपिलवस्तु जाँदै छन् ।
प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्ता र प्रदेश सांसद धर्मबहादुर श्रीवास्तवसहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा भित्र्याउन उनी कपिलवस्तु जान लागेका हुन् ।
एमाले लुम्बिनी प्रदेश कमिटीले दिएको जानकारी अनुसार संघीय सांसद गुप्तासहित सत्ता गठबन्धनका केन्द्र, प्रदेश र जिल्लाका नेतासहित विभिन्न व्यक्तिहरुलाई पार्टी प्रवेश गराउन अध्यक्ष ओली कपिलवस्तु जान लागेका हुन् ।















प्रतिक्रिया