
काठमाडौँ, १३ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे भारतीय प्राध्यापक एसडीमुनीले ट्विटरमार्फत भ्रमणबारे टिप्पणी गरेका छन् ।
देउवाको भ्रमणबारे औपचारिक तालिका सार्वजनिक नहुँदै प्राध्यापक मुनीले भने भ्रमणलाई व्यक्तिगत राजनीतिक भ्रमणको संज्ञा दिएका छन् ।
मुनीले देउवा भारतलाई धन्यवाद दिन जान लागेको बताएका छन् ।
“प्रधानमन्त्री देउवाको दिल्ली भ्रमणको अप्रत्यक्ष सन्देश व्यक्तिगत राजनीतिक र कांग्रेसको सांगठनिक नेतृत्वमा पुनर्स्थापित हुन सहयोग गरेकोमा दिल्लीलाई धन्यवाद दिनु हो,” आइतबार मुनीले ट्विीटरमा लेखेका छन्, “उनले भारतसँग संसदीय चुनावमा पनि समर्थनको अपेक्षा राखेका छन् ।”














प्रतिक्रिया