
काठमाडौँ, १३ चैत । गायिका गिरिले आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाएकी छन् । चोली मैलो भो, तारा सङै जुन लगायतका थुप्रै चर्चित गितहरु मार्फत आफ्नो बेग्लै छवि बनाइ सकेकी गिरिले आफ्नो जन्मदिनको अवसर पारेर काठमाडौँको चबहिल मुलपानीमा रहेको स्नेहा आश्रम पुगेर अनाथ बालबालिकाहरुलाई खाद्यान्न,लत्ताकपडा र कापीकलम हस्तान्तरण गरेकी हुन् ।
अनावश्यक खर्च गर्ने रकमले बुवा आमा र आफन्त गुमाएका अनाथ बालबालिकालाई थोरै भएपनी राहत मिलोस् भन्ने भावनाले उक्त सामाग्री सहयोग गरेको गिरिले बताइन् । विगत लामो समयदेखि गायिकीमा रमाउदै आएकी गायिका गिरिले पछिलो ५ वर्ष यता यसरी नै विभिन्न अनाथ आश्रममा पुगेर आफ्नो जन्मदिन मनाउदै आएकी छन् ।
गायिका गिरि विभिन्न समाजिक कार्यमा समेत सहभागी हुँदै आएकी छन । उनले जन्मदिनकै अवसर पारेर क्यान्सर पीडितलाई समेत यथाशक्य सहयोग गरेकी छन् ।














प्रतिक्रिया