मुम्बई । बलिउडमा नाम र दाम कमाएकी स्टार नायिका दीपिका पादुकोणको ‘माइ च्वाईस’ भिडियोले तहल्का मच्चाएको छ । उनले भिडियोमा महिला स्वतन्त्रता र सेक्सका बारेमा बोलेकी थिईन् ।
उनले समाजमा पुरुष जस्तै महिलाले पनि स्वतन्त्रताको अधिकार पाउनुपर्ने र पुरुषसँगै महिलाले पनि जो सुकै सँग स्वतन्त्र रुपमा सेक्स गर्न पाउनुपर्ने भनेर बोलेकी थिईन् । साथै उनले ‘म महिला हुँ, म पुरुषजस्तै जुनसुकै महिलासँग पनि सेक्स गर्न सक्छु’ भनेर भनेकी थिईन् ।
यो भनाईले भारतमा अनेकथरी टिप्पणी भएका छन् । यसअघि भारतीय केही अभिनेत्रीले उनको अलोचना गरिसकेका छन् । तर, भारतका टेलिभिजन एक्टर मृनल जैनले अभिनेत्री दीपिकाले भनेको कुरामा सहमति जनाएका छन् ।
दीपिकाले बोलेको कुरा राम्रो लागेको बताउँदै उनले पिछडिएका महिलाको अधिकारका बारेमा बोलेकोमा प्रशंसा गरेका छन् । ‘मेरो शरीर मेरो नीजि सम्पत्ती हो । यसको स्वतन्त्रता म सँग हुनुपर्छ, जीउने अधिकार मेरो हुनुपर्छ ।’ यि टिभी एक्टरले दीपिकाको प्रशंसा गरेपनि भारतका प्रख्यात नायिकाहरुले आलोचना गरेका छन् ।
















प्रतिक्रिया