१३ कार्तिक २०८३, शुक्रबार

आज सुनचाँदीको मूल्य स्थिर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार कारोबार भएकै मूल्यमा आज सुन र चाँदीको मूल्य कायम भएको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ छ । गत साताको अन्तिम कारोबार दिन शुक्रबार पनि चाँदीको मूल्य यही कायम थियो ।