७ कार्तिक २०८३, शनिबार

मानवताका लागि सहयोग नेपालद्वारा ज्येष्ठ नागरिकलाई भोजन वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । मानवताका लागि सहयोग, नेपाल (एचएचएन)ले ज्येष्ठ नागरिकलाई भोजन वितरण गरेको छ ।

एचएचएनले आफ्नो वार्षिकोत्सवको अवसर पारेर दिव्य सेवा निकेतनमा रहेका ज्येष्ठ नागरिकहरुलाई भोजन वितरण गरेको हो । एचएचएनका अध्यक्ष मधुसूधन ध्वज खड्काले संस्थाको वार्षिकोत्सवको अवसरमा ज्येष्ठ नागरिकहरूलाई भोजन वितरण गरिएको जानकारी गराए ।

‘संस्थाको पहिलो वार्षिकोत्सवको अवसरमा दिव्य सेवा निकेतनमा रहेका आमाहरुलाई भोजन वितरण गरिएको हो,’ उनले भने, ‘आमाहरुलाई खाना खुवाएर हामीले आर्शीवाद लियौं ।’ अध्यक्ष खड्काले संस्थाको उद्देश्य अनुसार समाज सेवाको कामलाई निरन्तरता दिने जानकारी समेत गराए । यस्तै संस्थाका सचिव सोनिप घलेले कापी कलम अभियानलाई पनि निरन्तरता दिइरहेको जानकारी गराए ।

आगामी शैक्षिक शत्रदेखि व्यापक रुपमा कापी कलम अभियानलाई निरन्तरता दिइने उनको भनाइ छ । ‘संस्थाले हाम्रो इच्छा, सबैलाई शिक्षाु’ नाराका साथ कापी कलम अभियान सञ्चालन गरिरहेको जनाएको छ ।