७ कार्तिक २०८३, शनिबार

एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, चुनावी कार्ययोजना निर्माणमा केन्द्रित हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । नेकपा (एमाले) स्थायी कमिटीको पहिलो बैठक आज बस्दै छ ।

बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बस्ने जनाइएको छ । हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना निर्माणमा बैठक केन्द्रित हुने एमालेले जनाएको छ ।

एमालेको स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य छन् । चार जना पदेन सदस्यसमेत छन् ।