
काठमाडौँ, १६ चैत । नेपाल र चीनबीच ६ बुँदे सम्झौता भएको छ ।
शनिबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री मन्त्री वाङ यीबीच भएको भेटवार्तामा विभिन्न ६ बुँदे सम्झौता भएको हो ।
सम्झौतामा क्रस बोर्डर रेल्वे परियोजनाका लागि सम्भाव्यता अध्ययनको लागि प्राविधिक सहायता योजनामा हस्ताक्षर भएको छ ।
त्यस्तै, दुई मन्त्रीहरुबीच आर्थिक र प्राविधिक सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।
चीन–नेपाल पावर ग्रिड इन्टरकनेक्शनको सम्भाव्यता अध्ययन, नेपालबाट चीनमा प्रशोधित सुख्खा घाँस निर्यातको सुरक्षा र स्वास्थ्य अवस्था सम्बन्धी प्रोटोकल, अरनिको राजमार्ग मर्मत सम्भार परियोजना, रेल्वे क्षेत्रमा सहयोग अभिवृद्धि, नेपाललाई चीनले कोभिड–१९ भ्याक्सिन सहायताको वितरण, नेपालमा काम गर्न चिनियाँ मेडिकल टोली पठाउने प्रोटोकल लगायतका विषयमा सम्झौता भएको बताइएको छ ।
















प्रतिक्रिया