१३ कार्तिक २०८३, शुक्रबार

झापाको हल्दिबारीमा शिक्षकबाट विद्यार्थीमाथि बलात्कार प्रयास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १२ चैत । झापाको हल्दिबारी गाउँपालिका वडा नं. १ स्थित चिल्ड्रेन गार्डेन एकेडेमीका एक शिक्षकले आफ्नै १३ वर्षीया छात्रामाथि जबरजस्ती करणीको प्रयास गरेका छन् ।

विद्यालयमा पढाउने शिक्षक श्रीप्रसाद शिवाकोटीले कक्षा ७ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेका हुन् ।

प्रहरीले शिवाकोटीलाई पक्राउ गरेर झापा जिल्ला प्रहरी कार्यालयमा रोखेको बताइएको छ ।

अंग्रेजी र सामाजिक अध्यापन गराउने ति शिक्षकले छात्रामाथि शारीरिक र मानसिक यातना समेत दिएका छन् ।

शुक्रबार उनले छात्रालाई एकान्त स्थानमा बोलाएर गोप्य अंगमा छुने प्रयास गरेका थिए । छात्राले आफ्ना अभिभावकलाई घटनाबारे सुनाएपछि घटना बाहिर आएको हो ।

स्थानीय अभिभावक, जनप्रतिनिधिहरुले शिक्षकमाथि कडा कारावाहीको माग गरेका छन् ।