
चितवन, १२ चैत । चितवनमा भएको बस दुर्घटनामा ३८ जना घाइते भएका छन् ।
पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारामा काँकडभिट्टाबाट काठमाडौँतर्फ गइरहेको बा ५ ख ७९४२ नम्बरको यात्रुबाहक बस बिहान करिब ९ः२० बजेतिर अनियन्त्रित भई पल्टिएको थियो ।
घाइतेमध्ये ३ जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।














प्रतिक्रिया