
काठमाडौँ, १२ चैत । श्रीमतीलाई आगो लगाएर हत्या गर्न खोजेको आरोपमा प्रहरीले काठमाडौँस्थित कपनबाट एक पुरुषलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत बौद्को टोलीले सिरहा लाहान नगरपालिका घर भएका ४२ वर्षीय प्रविन चौधरीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीकाअनुसार शुक्रवार राति बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० कपन आकाशेधारा नजिकै डेरामा बस्दै आएका चौधरीले आफ्नै श्रीमती ३० वर्षीय श्रीमती अस्मिता चौधरीलाई सुतिरहेको अवस्थामा शरीरमा तारपिन तेल खनाई आगो लगाएको थिए ।
घाईतेको अस्मिताको साँखुस्थित सुष्मामेमोरियल अस्पतालमा उपचार भइरहेको छ।














प्रतिक्रिया