७ कार्तिक २०८३, शनिबार

सेबीको निर्देशनपछि अनिल अम्बानीले रिलायन्सबाट राजीनामा दिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रिलायन्स अनिल धिरुभाई अम्बानी समूह (एडीएजी) का अध्यक्ष अनिल अम्बानीले शुक्रबार राति रिलायन्स पावर र रिलायन्स इन्फ्रास्ट्रक्चरको निर्देशक पदबाट राजीनामा दिएका छन्। भारतीय धितोपत्र बजारको नियामक निकाय सेक्यूरिटी बोर्ड अफ इण्डियन(सेबी)ले उनलाई कुनै पनि सूचीबद्ध कम्पनीबाट टाढा रहन भनेको थियो।

आर–पावर र आर–इन्फ्राको सञ्चालक समितिले शुक्रबार राहुल सरिनलाई पाँच वर्षको कार्यकालका लागि अतिरिक्त सञ्चालकमा नियुक्त गरेको एडीएजी समूहका दुवै कम्पनीले बताए । तर, यो नियुक्तिमा सभासदको स्वीकृति भने हुन बाँकी छ ।

फेब्रुअरीमा सेबीले रिलायन्स होम फाइनान्स लिमिटेड, उद्योगपति अनिल अम्बानी र अन्य तीन व्यक्तिलाई धितो बजारबाट पैसा लुटेको आरोपमा प्रतिबन्ध लगाएको थियो । –एजेन्सी