७ कार्तिक २०८३, शनिबार

सांसदद्वय गुप्ता र श्रीवास्तवसहितका दर्जनौं नेता–कार्यकर्ता एमालेमा प्रवेश गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । सूर्य चिन्ह लिएर स्वतन्त्र विजयी प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता अन्ततः एमाले प्रवेश गर्ने भएका छन् ।

विगतमा हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक अभियानबाट विजयी भएका गुप्ता १४ चैतमा औपचारिक रुपमा नै एमाले प्रवेश गर्न लागेका हुन् ।

सांसद गुप्तासहितको टीम १४ चैतमा तौलिहवामा आयोजना हुने कार्यक्रममा औपचारिक रुपमा एमाले प्रवेश गर्ने तयारीमा छ ।

गुप्ताका अनुसार सो कार्यक्रमार्फत प्रदेश सांसद धर्मबहादुर श्रीवास्तवसहित दर्जनौँ वडा अध्यक्ष, विगत निर्वाचनका प्रत्यासीहरूसहित ठूलो समूह एमाले प्रवेश गर्ने छ ।

सांसद गुप्तालगायतलाई प्रवेश गराउनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली स्वयं कपिलवस्तु जाँदैछन् ।