७ कार्तिक २०८३, शनिबार

एक लाख म्यादी प्रहरीको मागमा करीब तीन लाखले दिए आवेदन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । म्यादी प्रहरीका लागि आह्वान गरिएको भर्ना आवेदनमा देशभरबाट २ लाख ८९ हजार ४०१ जनाले आवेदन दिएका छन् ।

चैत ६ गतेदेखि भर्ना आवेदन आह्वान गरिएकामा शुक्रबार साँझ ५ बजे आवेदनको समय सकिएको हो । आवेदन भरेकामध्ये ५९ हजार ४८९ महिला र दुई जना तेस्रो लिङ्गी पनि रहेको प्रहरी प्रवक्ता विष्णु केसीले जानकारी दिए । निर्वाचनका लागि केन्द्रीय प्रहरी कार्यालयले १ लाख म्यादी प्रहरीको माग गरेको थियो ।

चैत १५ गतेदेखि छनोट प्रारम्भ हुने, चैत २२ गतेसम्म छनोट सम्पन्न गर्ने र चैत २८ गतेदेखि प्रशिक्षण सुरु गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । म्यादी प्रहरी ४० दिनका लागि नियुक्त हुने छन् ।

उनीहरूले तलब बापत एकमुष्ट ३० हजार २४०, खाद्यान्नबापत ७ हजार २००, पोसाकबापत ६ हजार र यातायात खर्चबापत एक हजार गरी करीब ४४ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।